You are viewing the translated version of कसूर गरेको मानिने.
Section 23
कसूर गरेको मानिने
कसैले देहायका कुनै कार्य गरे वा गराएमा यस ऐन बमोजिमको कसूर गरेको मानिनेछः-
(क) दफा ३ बमोजिम अनुमतिपत्र नलिई तेजाब वा अन्य घातक रासायनिक पदार्थको उत्पादन, निकासी, पैठारी वा बिक्री वितरण गरेमा वा दफा १४ बमोजिम स्वीकृति नलिई तेजाब वा अन्य घातक रासायनिक पदार्थ पैठारी गरेमा,
(ख) अनुमतिपत्र प्राप्त व्यक्तिले दफा ८ बमोजिमका शर्तको_पालना नगरेमा,
(ग) अनुमतिपत्र प्राप्त व्यक्तिले दफा ९ बमोजिम ढट्टा, प्याकेट वा बोतलको प्याकेजिङ्ग गर्दा लेबलको बाहिरी भागमा उल्लेख गर्नु पर्ने चेतावनीमूलक सन्देश र खतरा जनाउने चित्र उल्लेख नगरेमा,
(घ) दफा १२ विपरीत तेजाब वा अन्य घातक रासायनिक पदार्थ बिक्री वितरण वा प्रदर्शन गरेमा,
(ङ) दफा १५ विपरीत तेजाब वा अन्य घातक रासायनिक पदार्थ विसर्जन वा नष्ट गरेमा;
(च) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरीत हुने गरी अन्य कुनै काम गरेमा ।